Logo

यी हुन् तामाको भाँडामा राख्न नहुने चिजहरु



Spread the love

तामाको भाँडा प्रयोग गर्नु राम्रो हो । तामाको भाँडामा पानी राखेर सेवन गर्नाले हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु हुन्छन् ।तर केही यस्ता चिजहरु छन् जुन बिर्सेर पनि तामाको भाँडामा राखेर खानु हुँदैन । जसले गर्दा तामासँग मिसेर रियाक्ट हुन थाल्छ र हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्दछ ।

यी हुन् तामाको भाँडामा राख्न नहुने चिजहरु :

– तामाको भाँडामा कहिले पनि अचार राख्नु हुँदैन किनकि अचारमा भएको नुनिलो पानी तामासँग मिल्छ र फुड पोइजनिङ पनि हुनसक्छ ।

– यस भाँडामा कागतीको रस पनि राख्नु हुँदैन । किनभने कागतीमा भएको एसिड तामासँग मिलेर रियाक्ट गर्छ जसले गर्दा पेट दुखाई जस्तो समस्या हुनसक्छ ।

– हामीले तामाको भाँडामा राखिएको दही सेवन गर्नाले पनि फुड पोइजनिङको खतरा बढ्न सक्छ ।
– तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पोइजनिङको खतरा हुन्छ ।

– फलफूलहरु कुनै पनि तामाको भाँडामा बिर्सेर पनि नराख्नु होला जु सेवन गर्दा बान्ता हुने, रिंगटा लाग्नेजस्तो समस्या हुन्छ ।

– दूध पनि तामाको भाँडामा नराख्नु एकदम राम्रो हुन्छ । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्