Logo

थाहा पाउनुहोस् गर्मी मौसममा खान मिल्ने फलफूलहरु के – के हुन् ?



Spread the love

हाम्रो स्वास्थ्यको लागि फलफुलहरु एकदम आवश्यक छ । तर सिजन अनुसारको फलफुल सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । अहिलेको मौसम भनेको गर्मीको मौसम हो । गर्मी मौसममा यस्ता फलफूलहरु खानु पर्दछ जसमा पर्याप्त मात्रामा पानी होस् । फलफूलमा पानीको मात्रा बढी भयो भने शरीरमा शितलता प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने गर्दछ ।

यस्ता फलफुलहरु गर्मी मौसममा सेवन गर्दा हाम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ:

– गर्मी मौसममा अङ्गुर सेवन गर्नाले हाम्रो शरीरमा शीतलता प्रदान गर्ने काम गर्दछ l

– काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुने हुनाले यो मौसममा काँक्रोको सेवन गर्नु अति उपयुक्त हुन्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।

– यो मौसममा खरबुजा खानु एकदम राम्रो हुन्छ ।यसमा पानीको मात्रा बढी हुनेहुनाले गर्छ । गर्मी पेटसम्बन्धी समस्या बाट राहत मिल्छ ।

– यस्तो मौसममा आँपको सेवन गर्नु हाम्रो स्वास्थ्यका लागी निकै लाभदायी हुन्छ । यसमा हुने विभिन्न तत्वले शरीरमा शक्ति पैदा गर्छ ।

– गर्मी मौसममा पाइने फल मध्ये लिची पनि एक फल हो । जसको सेवनले शरीरलाई शीतलता प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्