Logo

अभद्र व्यवहार गर्ने ६ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा



Spread the love

७ जेठ, चितवन । प्रहरीले चितवन कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् ।

उनीहरुले विश्वविद्यालयका कृषि सङ्कायका सहायक डिन प्रा. विष्णुराज ओझालाई विभिन्न आरोप लगाउँदै कालोमोसो लगाएर विश्वविद्यालय परिसरमा दुव्र्यवहार गरेका थिए।

प्रा. ओझाले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि उक्त विद्यार्थीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्