Logo

कसरी दिन्छ गोडाले आउने समस्याको संकेत ?



Spread the love

 

 

मानिसहरूमा हुने हरेक अंगहरुले सङ्केत दिइरहेका हुन्छन् l ज्योतिष शास्त्रले मानिसको हात हेरी विभिन्न आउने समस्याहरू वा रोकथाम बारे बताउन सक्दछन् l यो कुनै नौलो कुरा होइन l तर यदि तपाइहरूले गोडामा आएका परिवर्तनलाई ध्यान दिएर हेर्नुहुन्छ भने त्यसले पनि आउन सक्ने बिरामीको बारेमा जानकारी दिन सक्दछ l तर हामीहरूले यस्ता कुराहरूलाई बेवास्ता गरी दिन्छौँ l

थाहा पाई राखौँ गोडाका यी सङ्केतहरू :

गोडाको पञ्जा फुल्नु्
कुनै व्यक्तिको एक्कासि गोडाको पञ्जा फुलिन थाल्दछ भने त्यस्ता व्यक्तिहरूमा रक्ताल्पता वा मृगौलाको समस्या हुन सक्ने सम्भावना बढेर जान्छ ।

पुरै गोडा दुख्ने
यदि कसै व्यक्तिको शरीरमा क्याल्सियम, पोटेसियम वा भिटामिनको कमीका छ भने यस्ता समस्याहरू देखा पर्ने गर्दछन् । जसले गर्दा मधुमेह, बाथ वा रक्तसञ्चारको रोग बारे सांगेत गराउँदछ।

गोडाको रङ्ग परिवर्तन
मानिसको शरीरमा रक्तप्रवाह राम्रो सँग नहुनाले रङ्ग बदलिने हुन्छ । जसबाट ग्यांग्रिन वा मधुमेहको सङ्केत प्राप्त हुने गर्दछ ।

गोडा झमझमाउनु
यदि मानिसको गोडा आकस्मिक झमझामाउनु थाल्यो भने शरीरमा रक्तसञ्चार राम्रो सँग नभएको र यसले मधुमेहको सङ्केत दिइरहेको थाहा पाउनु पर्दछ ।

औँला फुल्ने
कुनै व्यक्तिमा युरिक एसिड बढ्यो भने गोडाका औँला फुल्लिने जस्ता क्रियाकलाप हुन्छ जसका कारण बाथको सङ्क्रमणको समस्या हुने खतरा बढेर जान्छ l

प्रतिक्रिया दिनुहोस्