Logo

खोलामा १ युवकको शव फेला



Spread the love

७ जेठ, डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा १ युवकको शव फेला परेको छ ।

मृत्यु हुनेमा जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्ट हुन् । उनको शव खोलाको किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा रहेको र गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । उक्त घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान शुरु गरिरहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्