Logo

एमबाप्पेको रोजाईमा मेसी



Spread the love

७ जेठ, काठमाडौं । फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले यस वर्षको ‘बालोन डी’ओर उपाधि बार्सिलोनाका कप्तान लिओनेल मेसीले जित्नुपर्ने अभिव्यक्ति राखेका छन् ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपनि मेसी उपाधिको हकदार रहेको एमबाप्पेले बताएका हुन् । बार्सिलोनालाई लगातार स्पेनिस ला लिगा उपाधि दिलाउने क्रममा मेसीले ३६ गोल गरे । गोल्डेन बुटको दौडमा पनि मेसी अग्रस्थानमा नै छन् ।

यस सिजनको ब्यालोन डी’ओर उपाधि कसले जित्छ भन्ने प्रश्नमा एमबाप्पेले मेसीको नाम लिएका हुन् । ‘मेसी’, उनले भने, ‘ च्याम्पियन्स लिगको सेमिफाइनलमा बाहिरीपनि त्यसले फरक पर्दैन । उनी नम्बर १ खेलाडी हुन् । उनले यस वर्ष पनि आफ्नो उत्कृष्टता सिद्ध पारेका छन् । डिसेम्बर आउन धेरै समय बाँकी छ तर म मेसीले चिन्ता लिनुपर्ने देख्दिन,’ एमबाप्पेले भने ।

यस वर्ष मेसीले अर्जेन्टिनाको कप्तानी समाल्दै कोपा अमेरिकामा पनि सहभागिता जनाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्