Logo

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु



Spread the love

 

७ जेठ,काठमाडौँ । गत सोमवार पौडी खेल्न गएका दुईजना बालकलाई खोलाले बगाउँदा मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका २ का १२ वर्षीय गौरव लुँगेली मगर र महालक्ष्मी ३ का १४ वर्षीय अमिर मगर रहेका छन् ।

सोही महालक्ष्मी नगरपालिका २ स्थानका वडाअध्यक्ष धुब रायका अनुसार गत मङ्गलवार बिहान खोला भन्दा करिब एक सय मिटर तल शव फेला परेको रायले बताए ।

प्रतिक्रिया दिनुहोस्