Logo

बर्गरमा भेटियो काँचको टुक्रा



Spread the love

 

 

किंग बर्गरमा बर्गर खाने क्रममा एक युवकको मुखबाट रगत आएको छ । भारतको पुनेमा बर्गर खाँदै गर्दा त्यसमा भएको सिसाको टुक्राका कारण साजिद पठान नाम गरेका एक युवकको मुख काटिएर रगत आएको हो ।

उक्त बर्गर सेवन गर्ने व्यक्तिको काँचका टुक्राका कारण घाटीमा धरै हानी पुगेपछि अस्पतालमा भर्ना गरिएको बताइएको छ । साजिद सँगै उनका साथीहरू बर्गर खान गएका थिए ।

जब साजिदले एक गाँस बर्गरलाई टोके तब उनलाई घाटीमा केही बिझे जस्तो महसुस भयो । त्यस पश्चात् जब युवकले भुइँमा थुके तब मुख काटिएर काँचको टुक्रा सहित रगत पनि निस्किएको देखे ।

यो घटना भए पश्चात् साजिद र साथीहरूले किंग बर्गरको बारेमा प्रहरीलाई ऊजुरी दिए । ऊजुरी लिएपछि प्रहरीले तुरुन्तै अनुसन्धानलाई अगाडी बढाएको छ । पीडित युवक लगायत साथीहरूका अनुसार जानीबुझी नै साजिदको बर्गरमा काँच राखेको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्