Logo

यस्ता छन् जथाभाबी म:म खाँदा हाम्रो स्वास्थ्यमा हुने बेफाइदाहरू



Spread the love

नेपालमा खाजाको रूपमा मःम सबै भन्दा बढी बिक्री हुने गर्छ । मःम कसलाई पो मिठो लाग्दैन र ? आज भोलि मःम प्रशस्त रूपमा साना देखि ठुला होटेलहरुमा पाइन्छ ।

मःम हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ । मःम जथाभाबी खानाले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसमा रिफाइन्ड गरिएको मैदा प्रयोग गरिन्छ र मासुमा अत्यधिक बोसो हुने हुँदा हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्ने गर्दछ ।

यस्ता छन् जथाभाबी मःम खाँदा हाम्रो स्वास्थ्यमा हुने बेफाईदाहरु :

– मैदामा एक प्रकारको हाई ग्लाइसेमिक इन्डेक्स नामक पदार्थ हुन्छ । जसले हाम्रो रगतमा ग्लुकोज जम्मा गराउँदछ जसको कारण मधुमेह हुने सम्भावना हुन्छ ।

– मःममा विभिन्न थरिका मसलाको प्रयोग गरिने हुँदा बढी मसला स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

– कब्जियतको समस्या हुनेले मःम बढी खाँनु हुँदैन ।

– मैदा बनाउँदा प्रोटिन निकालिएका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले हड्डी कमजोर बनाउँछ ।

– जथाभाबी पकाइने मःममा रेडिमेड मासु राखिने हुँदा त्यो मासु बासी हुन सक्छ, यस्ता बासी मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

– बाहिर पकाइने मःममा धुवाँ–धुलो पस्ने सम्भावना बढी हुन्छ । यस्तो बाह्य वातावरणमा बनाइएको मःममा धुवाँ–धुलो सजिलै पस्न सक्छ ।जसले गर्दा हाम्रो स्वास्थ्य खराब हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्