Logo

यार्सागुम्बुका लागि दुई गाउँबीच झडप



Spread the love

७ जेठ, काठमाडौं । भारतको पिथौरागढ जिल्लामा मुनस्यारी र धार्चुलाका मानिसबीच यार्सागुम्बुका विषयलाई लिएर झगडा चलिरहेको छ । दुवै गाउँका मानिसहरु काटमारमा उत्रिएका छन् ।

दुवै गाउँ रालम र राजरामभा बुग्याल इलाकामा भेटिने यार्सागुम्बुलाई लिएर विवाद भईरहेको छ । प्रशासनले पटक पटक गाउँका मानिसलाई विवाद समाधानका लागि भने पनि दुवै गाउँका मानिस एकअर्काको दुश्मन बनेका छन् ।

रालम पहाडी इलाका वन पञ्चायतअन्तर्गत पर्ने मानिस बताउँछन् । तर, मुनस्यारीका मानिस यार्सागुम्बु खोज्नका लागि रालम आउँछन् । आफ्नो हकको यार्सागुम्बु लैजाने गरेको उनीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्