Logo

५१ वर्षीय एलेग्रीलाई हल अफ फेम अवार्ड



Spread the love

७ जेठ, काठमाडौं । इटालियन सिरी ‘ए’ टोली युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई इटालियन फुटबल एसोसिएसनले इटालियन फुटबल हल अफ फेम अवार्ड प्रदान गरेको छ । एलेग्रीले साम्पोडरियाविरुद्धको खेल खेलाउदै युभेन्टस छाड्ने छन् । यसअघि नै उनले क्लब छोड्ने बताइसकेका छन् ।

उनले ५ सिरी ‘ए’ उपाधि, ४ कोपा इटालिया र ३ इटालियन सुपर कपको उपाधि जिताएको भन्दै एसोसिएसनले एलेग्रीलाई यो अवार्ड दिएको हो । यति धेरै सफलता दिलाउने एलेग्री एक्लो इटालियन प्रशिक्षक हुन् ।

उनले इटालियन फुटबलको हल अफ फेम अवार्ड प्राप्त गरेसँगै इटालियन फुटबलको एक इतिहास बन्न पाएको गर्व महसुस भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्