Logo

भारतीय प्रहरीद्वारा गान्धीका हत्याराको जन्म दिन मनाउने ६ जना पक्राउ



Spread the love

 

भारतीय प्रहरीले महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोडसेको जन्म दिन मनाउने ६ जनालाई पक्राउ गरेको छ । गत सोमवार गुजरातको सूरतस्थित लियाबत क्षेत्रमा रहेको एक मन्दिरमा गान्धीका हत्यारा गोडसेको जन्मदिन मनाएको अभियानमा हिन्दु दक्षिणपन्थी राष्ट्रवादी दल हिन्दु महासभाका ६ जना कार्यकतालाई पक्राउ गरेको हो।

प्रहरी आयुक्त सतीश शर्माका अनुसार हिन्दु महासभाका कार्यकर्ताले त्यहाँको सूर्यमुखी हनुमान मन्दिर परिसरमा गोड्सेको तस्बिर नजिकै दियो जलाई,मिठाई बाँड्दै र भजन गाउँदै जन्म दिन मनाएका थिए ।

हिन्दु राष्ट्रवादको वकालत गर्ने गोड्सेले सन् १९४८ को जनवरी ३० मा गान्धीको हत्या गरेका थिए र त्यसको १ वर्ष पश्चात् उनलाई पनि फाँसीमा चढाएको थियो । गोड्से सन् १९१० को मे १९ मा जन्मिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्