Logo

दाङमा लागूऔषध सहित १ जना पक्राउ



Spread the love

७ जेठ, दाङ । प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने २ वटा पोका सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमारातोडाँडा बस्ने ३० वर्षीय चोर्ण बहादुर सिंह रहेका छन् ।

लमही नगरपालिका-५ अर्जुन खोलास्थित पूर्वपश्चिम राजमार्गबाट वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्