Logo

सप्तरीमा हात्तीको आक्रमणबाट १ वृद्धको मृत्यु



Spread the love

७ जेठ, सप्तरी । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट १ वृद्धको मृत्यु भएको छ।

मृत्युहुनेमा कञ्चनपुर नगरपालिका-६, जमुवाका ६५ वर्षीय गोसाई चौधरी रहेका छन् ।

खेतमा काम गरेर घर फर्कँदै गरेका चौधरीलाई जङ्गली हात्तीले बाटोमा आक्रमण गरेको थियो । हात्तीले टाउकोमा किचेपछि उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्