Logo

खानामा चालिस वटा साङ्ला भेटिएपछि…..



Spread the love

 

अनलाइनबाट खान अडर गर्नु अहिले एकदमै सरल र सजिलो भइरहेको छ l जसले गर्दा मानिसहरू घर बसी-बसी आफूलाई मन पर्ने खानेकुरा मगाउन सक्दछन् l

तर चीनको शेन्तोउ सहरमा यस्तो घटना घट्यो, जसले सबैलाई चकित पारेको छ l एक चिनिया महिलाले भोकको क्रममा आफूलाई मिठो लाग्ने खानाको अडर अनलाइनबाट गरेकी थिइन् ।

खाना आएपछि महिलाले तुरुन्तै खानाको प्याकेट खोलिन् तर त्यस खानेकुराको साथमा मरेको चालिस वटा साङ्ला पनि समावेश थियो । महिलाले त्यस खानामा किराहरू देखे पश्चात् रेस्टुरेन्टलाई गाली गर्नका साथै आफूले खानाका लागी दिएको सबै पैसा पनि लिइन ।

यस घटना घटेपछि रेस्टुरेन्टले माफी माग्नुका साथ साथै उक्त रेस्टुरेन्टलाई १५ दिनसम्म व्यवसाय बन्द गर्न प्रहरीले आदेश दिएको छ l हालै प्रहरीले स्थानीय फुड एन्ड ड्रग्स एडमिनिस्टेशनको सहकार्यमा सोही घटनाको बारेमा जाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्