Logo

प्रहरीद्वारा विप्लवका कार्यकर्तामाथि गोली प्रहार



Spread the love

७ जेठ ,भोजपुर ।  भोजपुरमा प्रहरीले विप्लवका १ जना कार्यकर्तामाथि गोली प्रहार गरेको छ ।

गोली प्रहारबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका जिल्ला स्तरीय नेता तिर्थराज घिमिरे घाइते भएका छन् ।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा घिमिरेले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्