Logo

खुसी रहन अपनाउनुहोस् यी उपायहरू



Spread the love

 

के मानिसहरू जहिले पनि खुसी रहन सक्लान् ? अहँ मानिस सधैँ खुसी त रहन सक्दैन ।यो त असम्भव कुरा हो l तर केही यस्ता उपायहरू छन् जसबाट मानिसहरू खुसी रहन सक्नेछन् l

सामाजिक कार्य गर्ने
आफू बसेको टोल समाजमा विकासका लागी सक्रिय सहभागी भई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बानी बसाल्नुपर्दछ । जसले गर्दा आफूलाई आनन्द मात्र नभई सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।

परिवारसँग नजिक रहने
आफूलाई दुख र सुखमा साथ दिने सबथोकलाई परिवार भनिन्छ । यदि हामी परिवारको साथमा हुन्छौं त कुनै किसिमको पीडा अनुभूति हुँदैन । उक्त कारण परिवारसँग नजिक रहन जरुरी छ l

असल व्यवहार गर्ने
यदि हामीले अरू कसैलाई नै असल व्यवहार गर्‍यौँ भने हामीमा एक किसिमको आनन्दित महसुस हुन्छ । जसले गर्दा हामीलाई खुसी तुलाउदछ l

इन्टरनेटको दुनियाँबाट टाढा रहने
खुसी रहनलाई हामीले इन्टरनेटको दुनियाँबाट टाढा रहन नै बेस हुन्छ । बरु यसको सट्टामा किताबहरू पढ्नमा व्यस्त रहे खुसी मिल्ने गर्दछ ।

सकारात्मक रहने
जहिले पनि मानिसहरू सकारात्मक रहने र सोच्ने गर्नु पर्दछ । जसले गर्दा प्रत्यक्ष फाइदा हुने गर्दछ । नकारात्मक कुराले मानिसमा घृणाको भाव बढी पैदा गर्छ । त्यसैले नकारात्मक कुराहरूलाई हटाएर सकारात्मक कुराहरू सोच्ने बानी गर्नु पर्दछ ।

आत्मविश्वासमा वृद्धि
प्रत्येक मानिसहरूमा आत्मविश्वास हुनु जरुरी छ । जसले गर्दा सफलता प्राप्त गर्न सकिन्छ । आत्मविश्वासले जुनै पनि काममा फाइदा पुर्याउदछ । सो कारण मानिसले आत्मविश्वासमा वृद्धि गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्