Logo

क्रिया खर्चको लागि जनप्रतिनिधिद्वारा १२ हजार सहयोग



Spread the love

 

७ जेठ, काठमाडाैँ – गुल्मीका वडा अध्यक्षले एक उदाहरणीय कार्य गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष चुरा बहादुर खत्रीले क्रिया खर्चको लागि स्थानीय तेज बहादुर पछाईको परिवारलाई १२ हजार ४ सय आर्थिक सहयोग प्रदान गरेका हुन् ।

तेज बहादुर पछाईकी श्रीमती मुमकला पछाईको क्रिया खर्चको लागि घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष खत्रीले सहयोग गरेका हुन् । हिन्दु परम्परा अनुसार १३ दिनसम्म क्रिया गर्नु पर्ने तर क्रिया गर्न आर्थिक समस्या भएको हुँदा आफुले केही रकम भएनि सहयोग गरेको खत्रीले सल्लेरी खबरलाई बताए । साथै उनले सहयोगको लागि सबैलाई आग्रह समेत गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्