Logo

अनेरास्ववियूको गलत व्यवहारको नेविसंघद्वारा भर्त्सना



Spread the love

७ जेठ, काठमाडाैँ – नेपाल विद्यार्थी संघ पाटन बहुमुखी क्याम्पस इकाइले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको व्यवहारको निन्दा गर्दै दोषी उपर कारबाहीको माग गरेको छ । नेविसंघ पाटनले अाज विज्ञप्ती जारी गर्दै अनेरास्ववियूको गलत व्यवहारको निन्दा र दोषी उपर कारबाही गर्न क्याम्पस प्रशासन समक्ष माग गरेको हो ।

पाटन क्याम्पसका एमए तह अंग्रेजी विषयका विद्यार्थीहरू र प्राध्यापकहरू बीच विभिन्न विषयमा छलफल हुँदै गर्दा अनेरास्ववियूका कार्यकर्ताहरू प्रवेश गरी एमए तह अंग्रेजी विषयका लेक्चर मनोज कुमार कर्णमाथि गालिगलाैच सहित हातपात गरेको र कर्ण घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज अनेरास्ववियूका कार्यकर्ताहरूले गरेको निन्दनीय कार्यप्रति भर्सना र घाइते भएका कर्णको शीघ्र स्वास्थ्य लाभको कामना सहित नेविसंघले २४ घण्टाभित्र दोषी उपर करबाही र क्याम्पसमा शान्तिपूर्ण पढ्ने वातावरण सिर्जना गर्न माग गर्दै विज्ञप्ती जारी गरेको छ । अन्यथा यो घटनाको जिम्मा पनि क्याम्पस प्रशासनले नै लिनुपर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेविसंघद्वारा जारी विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्