Logo

बेल्जियमको युरो छनाैट खेल्ने टोली घोषणा, अटाए कन्पनी



Spread the love

८ जेठ, काठमाडाैँ – युरोकप छनोटका लागि बेल्जियमले राष्ट्रिय टोलीको घोषणा गरेको छ । बेल्जियमले छनोट अन्तर्गत काजकिस्तान र स्कटल्याण्डविरुद्धको खेलमा लागि टिमको घोषणा गरेको हो ।

युरोकप छनोटका लागि बेल्जियमले घोषणा गरेको टोलीमा भेट्रान डिफेन्डर भिनसेन्ट कोम्पनी अटाएका छन् । कोम्पनी गत नोभेम्बरबाट टिममा अटाएका थिएनन् ।

हालै म्यानचेस्टर सिटी छाडेर ३३ बर्षीय कोम्पनी बेल्जियमको एण्डरचेटमा खेलाडी र म्यानेजरको भूमिका निर्वाह गरिरहेका छन् ।

बेल्जियमले छनोट अन्तर्गत जुन ८ मा काजकिस्तान र ११ मा स्कटल्याण्डविरुद्ध खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्