Logo

सी डिभिजन लिग छनोटः आरसी ३२ र सरस्वती नगरको विजयी सुरूवात



Spread the love

८ जेठ, काठमाडौ – आरसी ३२ फुटबल क्लब र सरस्वती नगर स्पोर्टस क्लबले शहिद स्मारक सी डिभिजन लिग छनोट खेलमा विजयी सुरुवात गरेका छन् ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा सरस्वती नगरले एफसी एस एसलाई २–० गोल अन्तरले पराजित गर्यो ।

हिजै भएको दोस्रो खेलमा आर सी ३२ फुटबल क्लबले भर्सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे ।

जितसँगै सरस्वती नगर र आर सी ३२ ले तीन अंक हासिल गरे ।

छनोटमा सहभागि ३८ टोलीलाई १२ समुहमा विभाजन गरिएको छ । तीन टिम सी डिभिजन लिगमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्