Logo

जिरूड २०२० सम्म चेल्सीमै रहने



Spread the love

८ जेठ, काठमाडाैँ – चेल्सीका स्ट्राइकर ओलिभर जिरुडले क्लबसंगको सम्झौता नवीकरण गरेका छन् ।

फ्रान्सेली स्ट्राइकर जिरुडले थप एक सिजनको लागि क्लबसंगको अनुबन्ध सम्झौतामा नवीकरण गरेका हुन् ।

सम्झौतासंगै जिरुड सन् २०१९/२० को सिजनसम्म चेल्सीमा रहने छन् ।

‘नयाँ सम्झौताले म धेरै खुसी छु । म यहाँ थप केहि वर्ष बस्न चाहन्थे,’ क्लबसंगको सम्झौतापछि जिरुडले भने ।

विश्वकप विजेता ३२ वर्षीय जिरुड आर्सनलबाट यसै सिजन चेल्सी आएका थिए । लण्डन क्लबबाट यस सिजन उनले ६२ खेलमा १७ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्