Logo

प्रदेश स्तरीय भलिबल : झापा र शिखर शुज इटहरी विजयी



Spread the love

८ जेठ, सुनसरी – सुनसरी सदरमुकाम इनरुवामा जारी दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा झापा बिजयी भएको छ । झापाले भोजपुर भलिबल टिमलाई तीन एकको सेटमा पराजित गरेको छ ।

शान्तिदीप नेपालद्वारा इनरुवाको महेन्द्रचौकमा जारी प्रतियोगिता अन्र्तगतको खेलमा झापाले भोजपुर विरुद्ध २५–२१ , २५–२० र २५–२३ को सेटमा जित निकालेको हो । भोजपुरले भने मात्र दोस्रो एक सेट २५–२३ को स्कोरमा जितेको थियो ।

भोजपुर विरुद्धको जितसँगै झापा सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधीकालागि शिखर शुज इटहरीसँगको भिडन्त पक्का गर्न झापाले भोलि हुने दोस्रो सेमिफाइनलमा डुम्राहाको सामना गर्ने छ ।

शिखर शुज इटहरी भने हिजो भएको दोस्रो अर्थात पहिलो सेमिफाइनमा इनरुवालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । इटहरीले इनरुवालाई सोझो सेटमा पराजित गरेको आयोजक संस्थाका सहसचिव राजन भुजेलले बताए ।

प्रतिक्रिया दिनुहोस्