Logo

उपमहानगरका १८६ योजना पूरा



Spread the love

८ जेठ, हेटाैँडा – हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा पूर्वाधार विकासमा ठूला र साना गरी ३८९ मध्ये १८६ योजना सम्पन्न गरेको छ । अन्य १६४ वटा योजना सञ्चालनमा रहेको बताइएको छ ।

कार्यालयबाट प्राप्त विवरणबाट २०७५÷०७६ को योजनाका लागि बजेट रु १ अर्ब ६३ करोड रहेको छ । उक्त योजनामा पर्यटन विकास, संस्कृति प्रवद्र्धन, भवन निर्माण, शहरी विकास, सडक निर्माण, सिँचाइ विकास र झोलुङ्गे पुलको निर्माणलगायतका क्षेत्रमा काम सम्पन्न भएको छ । बाँकी योजना सञ्चालनमा छ भने त्यसको निरन्तर अनुगमन र निरीक्षण भइरहेको नगरप्रमुख हरिबहादुर महतले बताए ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाले हालसम्म १४ ऐन, दुई नियमावली, १० कार्यविधि, पाँच निर्देशिका, तीन मार्ग दर्शन र अन्य नीति तथा कानून तयार गरेको छ । विसं २०७४ मा सात र २०७५ सालमा एउटा विशेषसहित सात ऐन तयार गरेर लागू गरेको छ ।

कार्यालयका अनुसार आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, सहकारी ऐन २०७४, शिक्षा ऐन २०७४, न्यायिक समिति कार्यविधि ऐन २०७४, कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने ऐन २०७४ पहिलो वर्ष तयार पारेको हो । त्यस्तै स्वास्थ्य तथा सरसफाइ ऐन २०७५, कर तथा गैह्रकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५, विपद् जोखिम न्यूनीकरण ऐन २०७५, प्रशासकीय कार्यविधि ऐन २०७५ र उपमहानगरपालिकाको कर्मचारी वृत्ति विकास र व्यवस्थापनसम्बन्धी विशेष ऐन २०७५ गरी १४ वटा ऐन तयार पारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्