Logo

किशोरीलाई बलात्कार गर्दागर्दै एक पुरुष पक्राउ



Spread the love

८ जेठ, काठमाडौं ।

बाराको परबानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ ।

स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ति किशोरीलाई बलात्कार गरेको हो ।

बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । अर्का व्यक्ति भने फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्