Logo

झापामा लागूऔषध सहित २ जना पक्राउ



Spread the love

८ जेठ, झापा । प्रहरीले झापाको मेचीनगर ८ टोकला बगानस्थित रमाईलो बस्तीबाट १७ किलो लागूऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संजय दर्जी र मनोज दर्जी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले संजय दर्जीको घरमा चरेश लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्ने क्रममा १७ किलो लागूऔषध चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त बरामद लागूऔषधसहित दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख डिएसपी महेश थापाले बताए।

प्रतिक्रिया दिनुहोस्