Logo

बुटवलमा लागुऔषध सहित दुई जना पक्राउ



Spread the love

 

८ जेठ, बुटवल । बुटवलमा नेपाल प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ l पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका १९ प्रगतिनगरमा बसोबास गर्ने विमल गुरुङ र नवलपरासीको रामग्राम ७ उजेनीका रोशन आचार्य रहेका छन् l

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गुरुङलाई रामग्राम नगरपालिका १२ को हुलाकी सडक खण्डबाट र आचार्यलाई पाल्हिनन्दन गाउँपालिका ५ भगतपुरवाबाट पक्राउ गरिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा विमलको साथबाट नुफिन ५३ एस्पुल, फेनारगन ५३ एमपुल, डाईजापाम ५३ एमपुल र थान १ सिरिङ्ग लागुऔषध फेला परेका हुन् भने रोशनको साथबाट नाइलइयाट १० नामक ट्याभलेट ३०० पिस लागुऔषध बरामद गर्नुका साथै घटनाको कारबाही अगाडि बढाइएको प्रहरी कार्यालय नवलपरासीले जानकारी दिइएको छ l

प्रतिक्रिया दिनुहोस्