Logo

प्रतिव्यक्ति रु ५४ हजार सहित ३ जना धरौटीमा रिहा



Spread the love

८ जेठ ,भरतपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा प्रहरीले पक्राउ गरेका तीन जना धरौटीमा रिहा भएका छन् ।

रिहा हुनेमा रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी रहेका छन् ।

उनीहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा भएको आगजनी र तोडफोड अभियोगमा प्रहरीले पक्राउ गरेका थिए ।

पक्राउ परेका तीनै जनालाई प्रतिव्यक्ति रु ५४ हजार धरौटीमा रिहा गरिएको र उक्त घटनामा संग्लग्न मुख्य व्यक्ति भने फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्