Logo

बेवारिसे शव फेला



Spread the love

८ जेठ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा १ पुरुषको बेवारिसे शव फेला परेको छ । घुम्तीको खेतमा पानी लगिएको नहरबाट करिब ३५/४० वर्षीय पुरुषको वेवारिसे शव भेटिएको हो ।

उनको बारेमा केही पनि नखुलेकाले मारेर फालिएको हो वा मापसे गरेको अवस्थामा पानी परेर बढेको नालामा परेर मरेको भन्ने यकिन समेत गर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए ।

उक्त शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको र उनको पहिचानका लागि विभिन्न प्रहरी कार्यालयमार्फत सूचना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्