Logo

बर्दियामा अवैध सामान बरामद



Spread the love

 

८ जेठ, बर्दिया l इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले नेपालमा ल्याइएको अवैध सामाग्री बरामद गरेको छ । गस्ती टोलीले बर्दियाको बढैयाताल गाउँपालिका- ७ कर्णालीपुरबाट बेवारिसे अवस्थामा थुपारी राखेका सामाग्री बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले गस्ती गर्ने क्रममा घरायसी सामानहरू लुगाधुने सोडा ४६ पोका, चिनी ९८ किलोग्राम, सुर्तीविंडी १ सय पोका, भेली २ सय ८० केजी लगायतका करिब ४० हजार हजार मूल्य बढीका सामाग्री बरामद गर्नुका साथै उक्त सामग्रीमाथि अनुसन्धान गरिरहेको बताए l

प्रतिक्रिया दिनुहोस्