Logo

नवलपुरमा हावाहुरीले मच्चायो तहल्का



Spread the love

 

८ जेठ,नवलपुरगत मङ्गलवार पूर्वीनवलपरासी वचुली नगरपालिकामा गएको विशाल हावाहुरीका कारण कैयौँ घरहरूमा क्षति पुर्‍याएको छ । गएको रात थोरै समय मात्रै चलेको हावाहुरी साथै असिना पानीले दुई सयभन्दा बढी घरको छाना उडाए सँगै कतिपय घरहरू पनि भत्किएका छन् ।

उपमेयर पार्वती तिवारीका अनुसार आएको हावाहुरीले वचुली नगरपालिकाका ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडालाई बढी प्रभावित बनाएको छ ।

सोही स्थानका सितावास क्षेत्रमा बाटाभरी नै बिजुली पोलका साथ रुख ढलेर बाटोमा ओहोरदोहोर गर्न पनि प्रभावित भएको र उक्त घटनाको एक्किन तथ्याङ्क भने नआएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्