Logo

यस्ता छन् हृदयघातका लक्षणहरु



Spread the love

 

कतिपय मानिसहरूमा हृदयघात हुने गर्दछ । जसका कारण मानिसहरूको मृत्यु हुने सङ्ख्या बढ्दै गइरहेको छ । नराम्रो खानपान, योग व्यायाम, शारीरिक कसरतको अभावले गर्दा पनि यो रोग लाग्ने समस्या देखा पर्ने हुन्छ । सो कारण मुटुरोगबाट बच्नका लागि सचेत हुनु आवश्यक रहेको छ । केही यस्ता लक्षण छन् जसले गर्दा हृदयघातको समस्या देखा पर्दछ ।

यी लक्षण देखा परेमा हृदयघातको सङ्केत हुन् सक्छ :

रुघा र ज्वरो
यदि मानिसहरूलाई जाडो याममा रुघा र ज्वरो आउँछ भने त्यो स्वाभाविक नै हो । तर एक महिना सम्म पनि यस्तै समस्या देखा परेमा तुरुन्त स्वास्थ्य चौकी जानुपर्दछ । यसबाट बच्नका लागि चुरोट नपिउने, रक्सी नपिउने, पर्याप्त सुत्ने र नियमित अभ्यास गर्ने बानी बसाल्नु पर्दछ ।

चक्कर वा चिसो पसिना आउनु
यदि कुनै व्यक्तिलाई चक्कर आउने वा चिसो पसिना आउने यस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ । धरै नै पसिना आउनु हृदयघातको लक्षण हुन् ।

कमजोरी
तपाईँले आफ्नो स्वास्थ्य कमजोर भएको महसुस गरिरहनुभएको छ भने यो हृदयघात हुने पहिलो लक्षण हो ।जसले तपाईँलाई चेतावनी दिइरहेको छ ।

सास फेर्न अप्ठेरो
यदि तपाईँलाई सास फेर्न गाह्रो भइरहेको छ भने यसको सङ्केत फोक्सोमा पर्याप्त अक्सिजन नपुगेको हो । यस किसिमको लक्षण पनि हृदयघातको समस्या तुलाउँदछ ।

थकान
धरै काम गरेर थाक्नु वा कहिलेकाहीँ थकित हुनु त सामान्य हो । तर सानोतिनो काम गर्दा पनि थकाई लाग्दछ भने सम्झनुहोस् त्यसले तपाइको मुटुलाई दबाब पार्दैछ । यदि मुटुले आवश्यक अनुसारको पर्याप्त मात्रामा रगत पाइरहेको छैन र हृदयघात हुन सक्ने लक्षणलाई जनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्