Logo

बलेरो जीप दुर्घटना हुदा ४ जना गम्भीर घाइते



Spread the love

८ जेठ, दैलेख । बुधबार दिउँसो दैलेख सदरमुकामबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेको भे १ च २८०१ नम्बरको बलेरो जीप नारायण नगरपालिका-१ गोगनपानीमा दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन्।

अहिले घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैईरहेको छ। घाइतेको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । दशजना यात्रु बोकेको उक्त जीप ब्रेक फेल भई दुर्घटना हुदा सडकदेखि करिब ५० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्