Logo

माछा महोत्सव गरिने



Spread the love

८ जेठ, पोखरा – कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३ देखि २० गतेसम्म ‘फिस फेस्टेबल’को आयोजना गर्ने भएको छ ।

विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकामा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाइएको हुँदा यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा प्रभावकारी हुने आयोजकले जनाएको छ । यस क्षेत्रमा रहेका सात वटा तालको प्रचारप्रसारमा सहयोग पुग्ने र ताल क्षेत्र वरपर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले पाँचौँ संस्करणको माछा महोत्सव गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।

महोत्सवमा स्थानीय जातका माछाको स्वाद चाख्नदेखि माछा उत्पादन प्रविधिका बारेमा जानकारी दिन र लिन महोत्सव सहयोगी हुने तथा महोत्सवमा कृषि व्यापार मेलासमेत समावेश गरिएकाले आगन्तुक पाउनादेखि कृषकलाई पनि सहयोग मिल्ने आयोजकले जनाएको छ ।

महोत्सवलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न बिभिन्न उपसमिति गठन गरि तयारीलाई तिव्रताका साथ अगाडी वढाइएको छ । यस वर्षको माछा महोत्सवमा डुङ्गा दौड प्रतियोगिता, पौडी प्रतियोगिता र गण्डकी प्रदेश स्तरीय दोहोरी गित प्रतियोगिताका साथै अन्य सांस्कृतिक कार्यक्रम गरिने एशोशिएशनका अध्यक्ष कृष्णप्रसाद तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्