Logo

सावित्रा हिरो बन्दा सेथुलाई महिला हिरो लिगको उपाधी



Spread the love

काठमाडौं – नेपाली फरवार्ड सावित्रा भण्डारी र अनिता बस्नेत सम्मलित सेथु फुटबल क्लबले भारतीय महिला लिग हिरो फुटबलको उपाधि जितेको छ ।

बुधबार भएको फाइनलमा मनिपुर पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेथु च्याम्पियन बनेको हो ।

गुरु नानक स्टेडियममा सावित्रा चम्किदा सेथुले पुनरागमन जित निकालेको हो । सेथुको जितमा सावित्राले दुई गोल गरिन् ।

मनिपुरकी उमापति देवीले आत्मघाती गोल गर्दा राधारानी देवीले एक गोल फर्काइन् ।

प्रतिक्रिया दिनुहोस्