Logo

जर्मनीको युरो छनाैटका लागि टोली घोषणा: स्टेगन, मुलर र क्रुस परेनन्



Spread the love

९ जेठ, काठमाडाैँ – युरोकप छनोटका लागि जर्मनीले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

युरो छनोट अन्तर्गत बेलारुस र स्टोनियाविरुद्ध खेलका लागि मुख्य प्रशिक्षक जोएचिम लोले बुधबार टिमको घोषणा गरेका हुन् ।

जर्मनीको टोलीबाट मिडफिल्डर टोनी क्रुस र गोलकिपर मार्क टेर स्टेगेन बाहिरिएका छन् । रियल मड्रिडका प्ले मेकर पुडुलाको चोट र बार्सिलोनाका स्टेगेन घुँडाको चोटका कारण टिममा नपरेका हुन् । यस्तै, वायर्न म्युनिखका थोमस मुलर पनि टिममा परेका छैनन् ।

जर्मनीले जुन ८ मा बेलारुस र ११ मा स्टोनियासंग खेल्ने छन् ।

जर्मनीको टिम:

गोलकिपर : म्यानुअल निउर, बेर्नाड लेनो, केभिन ट्रयाप

डिफेन्डर : माथियस गिन्टर, मार्सल हल्सटेनवर्ग, जोनस हेक्टर, थिलो केह्रेर, लुकास क्लोस्टरमन, निको स्कुल्ज, निक्लास स्टार्क,निक्लास सुले, जोनाथन टह

मिडफिल्डर– फरवार्ड :जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्स्लर, सेर्गी गनाब्री, टिमो वेर्नर,लियोन गोरेट्ज्क, इल्क्ये गुण्डुगान,कै हभेर्टज, जोसुवा किमिच,मार्को रीउस,लोरी साने,

प्रतिक्रिया दिनुहोस्