Logo

वर्षाले हवाईसेवा प्रभावित



Spread the love

९ जेठ, पोखरा – केही दिनदेखिको लगातारको वर्षाका कारण पोखराको जनजीवन प्रभावित भएको छ । नियमितरुपमा वर्षा हुँदा हिजो पोखरा–काठमाडौँ हवाईसेवा प्रभावित भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार हिजो चार वटा विमानको सेवा अवरुद्ध भएको छ ।

निरन्तर वर्षा हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ । पोखरा घुम्न आएका पर्यटकसमेत मारमा परेका छन् । पर्यटक होटल बाहिर निस्कन सकेका थिएनन् । व्यापार व्यवसाय प्रभावित भएको स्थानीय व्यवसायी गुरुदत्त पौंडेलले बताए । निरन्तरको वर्षाबाट चैते धानबालीलाई फाइदा पुगेको छ भने तरकारी बालीलाई नोक्सानी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्