Logo

रोयल सहकारीबाट १०२ युनिट रगत सङ्कलित



Spread the love

९ जेठ, काठमाडाैँ – पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औंँ वार्षिकोत्सवमा अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०२ युनिट रगत सङ्कलन भएको छ । संस्थाले सो अवसरमा मधुमेहसम्बन्धी सचेतना कार्यक्रमसमेत सम्पन्न गरेको छ । सचेतना कार्यक्रमको प्रशिक्षणमा डा सरोज पोखरेलले मधुमेहका लक्षण, स्वास्थ्यमा पार्ने असरका साथै नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेबारेमा जानकारी दिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डिबी बस्नेतले सहकारी संस्थाले वित्तीय कारोवारमा मात्र सीमित नभएर सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत सञ्चालन गर्दै जानुपर्ने बताए । सोही अवसरमा संस्थाबाट नियमित प्रकाशन हुने सहकारी समाचार बुलेटिन पनि विमोचन गरियो । संस्थामा पाँच हजार २४३ सदस्य, १८ करोड ४९ शेयर, रु एक अर्ब १९ करोड बचत र रु एक अर्ब २१ ऋण लगानी छ ।

विभिन्न कोषमा रु १४ करोड गरी रु एक अर्ब ६६ करोड कूल सम्पत्ति रहेको सचिव भीम गुरुङले जानकारी दिए । संस्था पैँतीस कर्मचारीलाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको तथा सहकारी विभाग र नेफस्कुनले ल्याएको स्तरीकरण कार्यक्रममा सहभागिता जनाएको संस्थाका मुख्य प्रबन्धक मिलन ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्