Logo

नेपाली फिल्म ‘जालो’को टीजर रिलीज



Spread the love
नेपाली फिल्म ‘जालो’को टीजर रिलीज भएको छ । यो फिल्म दुई घण्टामा छायांकन भएको थियो ।वन सटमा खिचिने विश्वकै लामो चलचित्रको रुपमा बिश्व रेकर्ड राख्ने उद्देश्यका साथ बनेको ‘जालो’ दुई घण्टामा खिचिएको भएपनि यो चलचित्रमा गीत तथा द्वन्द्व समेत छन् ।
 jalo
अराज केशव निर्देशित ‘जालो’मा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहेको छ । हरी लामाको छायांकन रहने चलचित्रलाई बनिश शाहले सम्पादन गरेका छन् । चलचित्रलाई अराज केशव र मोहित मुनालले संयुक्त निर्माण गरेका छन् । चलचित्रले विश्व रेकर्ड राख्नको लागि भने चलचित्र प्रिमियर हुनुपर्ने प्रावधान छ । चलचित्र रिलीज अगावै प्रिमियर गरी विश्व रेकर्ड राखिने बताईएको छ ।फिल्म जेठ १९ मा रिलिज हुँदैछ ।
हेर्नुहोस् टीजर :

https://youtu.be/a0UL7X6HrE8

 

प्रतिक्रिया दिनुहोस्