Logo

छोरीसँगै सुतेकी महिलामाथि धारिलो हतियार प्रहार



Spread the love

९ जेठ, झापा। झापाको मेचीनगर नगरपालिका–१० मा गएराती मध्यरातमा सुतिरहेको बेला एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ ।

आफ्नै घरभित्र ७ वर्षीया छोरीसँगै सुतेकी ४० वर्षीया आरती चौहानलाई मध्यरातमा आएका २ जनाले टाउकोमा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए ।

७ वर्षीया छोरीले घटनाबारे जानकारी दिएरपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए । घटना भएको थाहा भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको टोली घटनास्थलमा पुगेको एसपी मैनालीले बताए ।

उनको अहिले बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था निक्कै गम्भीर रहेको छ ।

प्रहरीले घटनाको बिषयमा सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको र घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्यमा भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्