Logo

अवैध रूपमा ल्याईएको २८ वटा खसी प्रहरीको नियन्त्रणमा



Spread the love

९ जेठ, नेपालगञ्‍ज ।  भारतबाट नेपाल ल्याउँदै गरेको २८ वटा खसी प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतबाट नेपालगञ्ज भित्र्याउदै गरेको खसीलाई साईगाउँ र बेलभारको प्रहरी टोलीले नियन्त्रणमा लिएको बाँके प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

उक्त खसी ल्याउने व्यापारीहरु भने प्रहरीलाई देखेपछि भागेका थिए।

नेपालमा खसी ल्याउँदा भारतबाट स्वास्थ्य परीक्षणको कागज लिएर आउनु पर्ने भएकोले व्यापारीहरुले भारतमा कागज बनाउन झन्झट हुनेहुँदा अवैध रूपमा नेपालमा खसी भित्र्याउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्