Logo

दाङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु



Spread the love

९ जेठ, दाङ । दाङ घोराही उपमहानगरपालिकामा सवारी दुर्घटनामा हुदा एक महिलाले ज्यान गुमाएको छ । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का २४ वर्षीया पूजा परियारको मृत्यु भएको हो।

घोराहीबाट तुलसीपरतर्फ जाँदै गरेको लु ४७ प १५४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९८५३ नम्बरको पावर टेलर आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार परियारको उपचारका क्रममा घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।।

मोटरसाइकल चालक तुलसीपुरका गुमान विक गम्भीर घाइते भएका छन्। उनलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्