Logo

बिजुलीबत्ती नहुँदा गाउँ नै अन्धकारमय



Spread the love

९ जेठ ,नुवाकोट ।  नुवाकोटको पश्चिमी भेगमा रहेको एक दलितवस्तीमा दुई हप्ता देखि बिजुलीबत्ती नहुँदा अन्धकार भएको छ ।

नुवाकोटको सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिममा रहेको तारकेश्वर गाउँपालिका वडा नं. ४ सिरानटोलस्थित एक दलित बस्तीमा दुई हप्ता देखि बिजुलीबत्ती नहुँदा गाउँ नै अन्धकारमय भएको छ। उक्त बस्तीमा सडक निर्माण गर्ने क्रममा बिजुलीको तार चुँडिएको हो ।

गाउँमा बत्ती नभएपछि स्थानीयहरु समस्यामा परेको र सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत मर्मत नगरिएको भन्दै तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्