Logo

शुक्रबारअको विदा रद्द



Spread the love

चौतर्फी विरोध भएपछि सरकारले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको सार्वजनिक विदा कटौती गरेको छ। गृह स्रोतका अनुसार चौतर्फी विरोधका बाबजुत आजको विदा यथावत रहे पनि आगामी शुक्रबारको बिदा फिर्ता लिने निर्णय गरेको हो।
यसअघि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण बेला दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारी भारत जाने दिने वैशाख ४ र स्वदेश फर्कने दिन वैशाख ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गणतन्त्र आउनुभन्दा पहिले राष्ट्राध्यक्ष विदेश जाँदा र आउँदा सरकारी विदा दिने चलन थियो। गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले राष्ट्राध्यक्ष रुपमा विदेश जाँदा आउँदा विदा दिने चलन तोडेका थिए। उनले २०६६ फागुनमा भारतको भ्रमण गरेका थिए।
त्यतिबेला पनि गृह मन्त्रालयले राष्ट्रपति जाने र स्वदेश फर्कने दिन विदा दिन मन्त्रिपरिषद्मा प्रस्ताव लिएको थियो। मन्त्रिपरिषद्ले प्रस्ताव पारित नगरेपछि राष्ट्राध्यक्ष विदेश जाँदा दिइने विदाको चलन तोडिएको थियो।
सोमबारदेखि भारतको राजकीय भ्रमण गर्न लागेकी राष्ट्रपति भण्डारीले पनि आफ्नो भ्रमणका बेला विदा दिनु नपर्ने मनसाय व्यक्त गरेकी थिइन्।
राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलका अनुसार आइतबार मात्र शितलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आफ्नो भ्रमणमा विदा दिनु नपर्ने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्