Logo

काठमाडौंमा स्वाइन फ्लू देखा,सचेत रहन चिकित्सकको सल्लाह



Spread the love

काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गरे ।

swaena

स्वाइन फ्लू फैलन नदिन अस्पतालहरुलाई सतर्कताका साथ रुघाखोकी र श्वासप्रश्वासका विरामीको परीक्षण गर्न निर्देशन दिइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको केन्दि्रय प्रयोगशालामा रगत परीक्षण गराउनेमध्य करिब २० प्रतिशतमा स्वाइन फ्लूको भाइरसको प्रारम्भिक लक्षण देखा परेको छ ।

स्वाइन फ्लूका कारण यसअघि राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईको ज्यान गएको थियो ।स्वाइन फ्लू लाग्नबाट जोगिन सामान्य रुघाखोकी र सास फेर्न गाह«ो हुने वित्तिकै परीक्षण गराउनु पर्नेमा चिकित्सकले जोड दिएका छन् । विशेषगरी विदेश गएर आएकालाई रुघाखोकी र ज्वरो आएको छ भने तुरुन्त परीक्षण गर्नुपर्छ ।

सामान्य अवस्थामा नै परीक्षण गरी उपचार नगराए कडा खालको संक्रमण हुने जोखिम धेरै हुन्छ र विरामीको ज्यानै समेत जान सक्ने चिकित्सकको भनाई छ । रुघाखोकी लागेका विरामीलाई पानी धेरै पिउन, चिल्लो पिरो नभएका सामान्य खानेकुरा खान चिकित्सकले सुझाब दिएका छन ।

यस्तै, स्वाइनफ्लू सरुवा रोग एक अर्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क प्रयोग लगाउने, खोक्दा वा हाच्छ्यु गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने तथा झोल खानेकुरा खाने र स्वाइनफ्लूको शंका लागेमा बेलैमा चिकित्‍सककहाँ पुगेमा यसबाट सहजै  बच्‍न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्