Logo

पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ फोटोसुट



Spread the love

सल्यान, २६ असार ।
दिनेश बस्नेत

सल्यानमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्नका लागि अभियान चलाइने भएको छ। “हामी सक्छौ, हामी गर्छौ” भन्ने मूल नाराका साथ असार २५ गतेदेखि सुरु गरिएको अभियानले सल्यानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने उदेश्य लिएको अभियानका निर्देशक प्रकाश भन्डारीले जानकारी दिनुभएको छ। फोटोग्राफीको पहिलो एपिसोड अन्तर्गत कुपिन्डेको विभिन्न स्थानहरुमा ‘फोटो विथ मोडल र फोटो विथआउट मोडल’ गरी फोटो सुट गरिएको छ। मोडलहरुमा सोफिया राई, पुरुषोत्तम न्यौपाने, आनन्द श्रेष्ठ, सुमन नाथ योगी, प्रकाश भन्डारी आदि रहनुभएको छ। क्यामेराम्यानमा डिल्ली रावत र प्रतीक शर्मा    रहनुभएको छ भने अभियानको प्रायोजन शुकदेव कासेराले गर्नुभएको हो। ।यस्तै आउने एपिसोडहरुलाई निरन्तरता दिई सल्यानमा रहेका अन्य पर्यटकीय स्थलहरुको पनि फोटो सुट र विभिन्न कार्यक्रम गरी प्रवर्द्धन  गरिने भएको छ। यस फोटोसुटको निर्देशन प्रकाश भण्डारीले गर्नु भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्