Logo

३१ लाख नेपाली नगद सहित २ जना पक्राउ



Spread the love

९ जेठ, काठमाडौँ । काठमाडौं महानगरपालिका-३१ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.१४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्