Logo

रेखा थापा काठमाण्डौबाट चुनाव लड्ने, कुन पदमा दाबी छ उनको ?



Spread the love

नायिका रेखा थापालाई सत्तारूढ दल राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएको छ।

rekha
राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपपेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको स्रोतले बतायो। ‘काठमाडौंको मेयरका लागि श्रेष्ठ र उपमेयरका लागि रेखा थापालाई उम्मेद्वार बनाउने सिफारिस अनुसार तयारी गरेका छौ,’ स्रोतले भन्यो।

उपमहानगर र महानगरका उम्मेदवार जिल्लाको सिफारिसमा केन्द्रले तोक्ने राप्रपाले यसअघिनै निर्णय गरिसकेको छ। दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेका श्रेष्ठ मेयरका लागि लड्न लागेका हुन्।हालै मात्र राप्रपामा प्रवेश गरेकी थापा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्