Logo

चितवनमा करणी गरी फरार भएका १ जना पक्राउ



Spread the love

 

९ जेठ, चितवन । चितवन प्रहरीले जबर्जस्ती करणी गरी फरार भएका १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय सुवास परियार रहेका छन् ।
गत बैशाख ३० गते एक स्थानीय १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेर फरार भएका परियारलाई आज बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका परियारलाई आज म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्