Logo

सानीभेरीमा ट्र्याक्टर खस्दा एकको मृत्यु



Spread the love

९ जेठ, रुकुमपूर्व। सानीभेरी नदीमा ट्र्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको देउखोलाबाट सदरमुकाम रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्र्याक्टर भुमे गाउँपालिका–५ को बालुवामा आज दुर्घटना हुँदा सिस्ने गाउँपालिका–४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

ट्र्याक्टर सडकबाट अन्दाजी १०० मिटर तल सानीभेरी नदीमा खसेको बताइएको छ । दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का १६ वर्षीय कृष्ण रसाइली र त्रिवेणी गाउँपालिका–५ रुकुम (पश्चिम) का १७ वर्षीय लक्ष्मण वली घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको र स्वास्थ्यचौकी रुकुमकोटमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) पठाएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । ट्र्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावत प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
––– रासस

प्रतिक्रिया दिनुहोस्